समाज


विभागीय प्रमुख प्राडा सिजापतिलाई लगाएर किस्टमा खोप कार्यक्रम सुरु

विभागीय प्रमुख प्राडा सिजापतिलाई लगाएर किस्टमा खोप कार्यक्रम सुरु

नेपालखबर
माघ १४, २०७७ बुधबार ९:१५,

ललितपुरको किस्ट मेडिकल कलेजले अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेसजंग सिजापतिलाई खोप प्रदान गरी कोभिडविरुद्ध खोप अभियाजनको शुभारम्भ गरेको छ।

स्वास्थ्य कार्यालय, ललितपुरले कोभिड १९ विरुद्धको खोप प्रदान गर्न निर्धारण गरेका तीन स्थानहरु मध्ये किष्ट शिक्षण अस्पतललाई ललितपुरको प्राय दक्षिणी भेगमा अवस्थित करिब ३६ स्वास्थ्य संस्थाहरुमा कार्यरत ३ हजारको हाराहारीका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीहरुलाई आजबाट खोप अभियान सुरु गरिएको हो।

तोकिए बमोजिम अस्पतालले प्राविधिक तथा प्रशासनिक रुपमा सम्पूर्ण तयारी गरी खोप कार्यक्रम शुभारम्भ भएको जनाएको छ।

सेवाग्राहीका सुविधाका लागि वेटिङ कक्ष, रजिष्टे«शन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाइएको छ।

खोप लिने व्यक्ति (सेवाग्राही) लाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएकोछ।

दोश्रो मात्रा (डोज) खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्ने किष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad