समाज


धनुषामा मदिरा उद्योगीको हत्या, शंकास्पद चारजना पक्राउ

धनुषामा मदिरा उद्योगीको हत्या, शंकास्पद चारजना पक्राउ

शैलेन्द्र महतो
माघ १५, २०७७ बिहिबार ८:१२,

धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ।

क्षिरेश्वरनाथ नगरपालिका–७, सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको बिहीबार बिहान ९ बजे हत्या भएको अवस्थामा शव फेला परेको हो।

उनको शव उद्योगको क्वाटरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीले अहिलेसम्म चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। ‘शंकास्पद चार जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धन अगाडि बढाएका छौँ’, प्रहरी निरीक्षक रायले भने।

हत्या भएका रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुवारेका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad