समाज


डीएसपी ढुंगेलविरुद्ध उच्च अदालतको आदेश सर्वोच्चले उल्ट्यायो

डीएसपी ढुंगेलविरुद्ध उच्च अदालतको आदेश सर्वोच्चले उल्ट्यायो

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १४:४१,

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएपनि उच्च अदालत पाटनले एक लाख रुपैयाँ धरौटी माग गर्ने निर्णय गरेको थियो।

न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले शुक्रबार जिल्ला अदालतकै आदेश सदर गरेको हो।

यसअघि जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो।

तर ढुंगेलले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए। सर्वोच्चले उनकै पक्षमा आदेश दिँदै उच्चको आदेश उल्ट्याएको हो।

लुटेरासँग सम्पर्क देखिएको भन्दै महानगरीय अपराध महाशाखाको सिफारिसमा ढुंगेलमाथि मुद्दा अगाडि बढेको थियो। २०७६ वैशाखमा निलम्बनमा परेका ढुंगेल जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि काममा फर्किएका थिए।

साधारण तारेखमा छुटेमात्रै निलम्बित प्रहरी काममा फर्किन पाउने प्रावधान छ। धरौटी वा थुनामा पठाए अन्तिम फैसलासम्म निलम्बन कायम रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad