समाज


अफगान सेनाको हवाई आक्रमणमा १८ तालिबान लडाकू मारिए

अफगान सेनाको हवाई आक्रमणमा १८ तालिबान लडाकू मारिए

नेपालखबर
माघ २४, २०७७ शनिबार ७:४९,

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात विशेष लडाकू रेजिमेन्टका सदस्य थिए। मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ। रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ।

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad