भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा आइतबार जलविद्युत् आयोजनाको हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्तामध्ये सोमबार रातिसम्म २६ जनाको शव फेला परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीले सोमबार राति ८ बजे पत्रकार सम्मेलन गरी तपोवन क्षेत्रमा अहिलेसम्म २६ शव र ५ मानव अंग निकालिएको जानकारी दिएका हुन्।
जहाँबाट २ प्रहरीसहित १७१ जना अझै बेपत्ता छन्। सुरुङमा फसेका ३५ जना पनि यसैमा पर्छन्। उत्तराखण्ड प्रहरीका अनुसार पूरै चमोलीको कुरा गर्दा जम्मा १९७ जना बेपत्ता छन्। तिनको खोजी जारी छ।
#WATCH Rescue work underway at Tapovan tunnel, Joshimath in Uttarakhand. ITBP team will work overnight at the site. The work to take out debris and slush from the tunnel to continue overnight pic.twitter.com/2wF7sb1DnY
— ANI (@ANI) February 8, 2021याे पनि : बेपत्तामा तीन नेपाली पनि (नामसहित)

प्रतिक्रिया