समाज


जनकपुरमा गेस्टहाउसभित्र पासो लागेको अवस्थामा युवती

जनकपुरमा गेस्टहाउसभित्र पासो लागेको अवस्थामा युवती

शैलेन्द्र महतो
फागुन ८, २०७७ शनिबार २३:३०,

जनकपुरको एक होटेलभित्र युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटल एन्ड गेस्टहाउसको कोठा नम्बर ११३ मा शनिबार साँझ पासो लागेको अवस्थामा युवती मृत फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउँसो १ बजे ती युवती एक्लैले कोठा बुक गराएकी थिइन्। उनले होटलमा आफ्नो नाम समीक्षा पोखेरेल पाण्डे तथा ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका-२ लेखाएकी छन्।

उमेर ३५ वर्ष लेखाएको डीएसपी मिश्रले बताए।

भित्रबाट चुकुल लगाएको र बाहिर झ्यालबाट हेर्दा पासो लागेर मृत्यु भएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धन भइरहेको डीएसपी मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad