रुसको पोल्ट्री फार्ममा काम गर्ने सात जनामा बर्ड फ्लूको नयाँ प्रकार H5N8 पत्ता लागेको बीबीसीहिन्दीले जनाएको छ।
रुसमा गत वर्षको डिसेम्बरदेखि यस बर्ड फ्लूको नयाँ प्रकार फैलिएको थियो। यो हालसम्म मानिसमा सरेको थिएन।
तर अब भने यसबाट बच्न उपायहरु अपनाउनु पर्ने बेला भएको बताइएको छ।
रुसी अधिकारीहरुका अनुसार यतिबेला चरा, कुखुराबाट सर्ने बर्ड फ्लू नियन्त्रणका लागि प्रभावकारी उपायहरु अपनाइएको छ।
साथै संक्रमित सात व्यक्तिहरुको अवस्था पनि सामान्य भएको बताइएको छ।
रुसको उपभोक्ता स्वास्थ्यसँग सम्बन्धित घटनाहरु निगरानी राख्ने संस्थाका प्रमुख अन्ना पोपोवाका अनुसार नयाँ बर्ड फ्लुको विषयमा र यसबाट संक्रमित बनेका मानिसहरुको बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइएको छ।
बर्ड फ्लूको नयाँ प्रकार H5N8 ले मानिसको ज्यान जानसक्ने समेत चेतावनी दिइएको छ।

प्रतिक्रिया