समाज


खोपले मेरो शरीरमा त कोरोनाविरुद्ध उल्लेखनीय एन्टिबडी बनेछ : डा. पाण्डे

खोपले मेरो शरीरमा त कोरोनाविरुद्ध उल्लेखनीय एन्टिबडी बनेछ : डा. पाण्डे

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:२१,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाविरुद्ध खोप लगाएको एक महिना हुँदा आफ्नो शरीरमा प्रशस्त एन्डिबडी उत्पादन भइसकेको बताएका छन्।

खोपले काम गर्‍याे कि गरेन भनेर परीक्षण गर्दा कोरोना भाइरसविरुद्ध उल्लेखनीय एन्डिबडी बनेको पाइएको उनले जानकारी दिएका हुन्।

उनका अनुसार कोभिसिल्ड (खोप) लगाएको १ महिना भयो। यो खोपले काम गरेको छ कि छैन भन्ने जिज्ञासा मनमा थियो।

त्यस क्रममा डा. विपिन नेपाल (नेपालका एक मात्र प्लाजामा थेरापीविज्ञ) ले एन्टिबडी टाइट्रेसन गरिदिए। रिपोर्ट हेर्दा खोपले शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी ९.३३ देखिएको हो। डा. पाण्डेका अनुसार यो मात्रा १ भन्दा कम भए एन्टिबडी नभएको र माथि भए एन्टिबडी बनेको बुझिन्छ।

उनले अर्को मात्रा खोप लगाउन बाँकी नै छ। दोस्रो मात्रा सरकारले दिएको तालिकाअनुसार पहिलो खोप लगाएको ८ देखि १२ हप्तामा लगाउने उनले बताए।

उनले भनेका छन्, ‘खोपले मेरो शरीरमा एन्टिबडी तयार गर्‍याे भने पक्कै तपाईंको शरीरमा पनि तयार गर्‍याे भन्ने मेरो विश्वास छ।’

उनले त्यसको रिपोर्ट नै सार्वजनिक गरेका छन्।

pandereport

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad