धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस बरामद भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत भने गाडीबाट कुँदेर फरार भएका छन्।

गाउँपालिका अन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई पछ्याएको थियो।
फरार गाउँपालिका अध्यक्ष राउतको खोजीकार्य भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया