सेनिटाइजर सेवनका कारण विराटनगरमा सोमबार दुई जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी रहेको मोरङका प्रहरी प्रमुखएसपी सन्तोष खड्काले बताए।
उनका अनुसार गिरी पनि हाल विराटनगरमै बस्दै आएकी थिइन्। शनिबार सेनिटाइजर सेवन गरेका दुवै जनाको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो।
गिरीले रक्सी भनेर सेनिटाइजर खाएको र मण्डलले भने घरायसी झगडाका कारण जानिजानि सेनिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया