समाज


उत्तरप्रदेश : छोरीलाई दुर्व्यवहार गरेको आरोपमा उजुरी हाल्दा गोली हानी हत्या

उत्तरप्रदेश : छोरीलाई दुर्व्यवहार गरेको आरोपमा उजुरी हाल्दा गोली हानी हत्या

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ०:२८,

उत्तरप्रदेशको हाथरस जिल्लामा साढे २ वर्ष पुरानो रिसइबीमा एक व्यक्तिलाई गोली हानी मारिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नी छोरीलाई दुर्व्यवहार गर्ने युवकविरुद्ध ती व्यक्तिले प्रहरीमा उजुरी हालेका थिए। त्यही विषयमा अहिले विवाद हुँदा आरोपितले धेरै राउन्ड गोली हानेर ती व्यक्तिको हत्या गरेका हुन्।

घटना हाथरस जिल्लाको सासनी थाना क्षेत्रस्थित नौजरपुर गाउँको हो।

आफ्नी छोरीलाई दुर्व्यवहार गरेपछि अमरिसले गौरवविरुद्ध सन् २०१९ मा उजुरी हालेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर एक महिनापछि नै उनी धरौटीमा रिहा भएका थिए। 

त्यही विषयमा अहिले साढे २ वर्षपछि विवाद हुँदा उजुरीकर्ताको हत्या गरिएको हो।

घटना यस्तो छ
प्रहरीका अनुसार सोमबार साँझ आरोपित गौरवकी पत्नी र काकी गाउँको एक मन्दिरमा पूजा गर्न आएका थिए। साथमा गौरवका २ छोरी पनि थिए। त्यस क्रममा दुई पक्षबीच पुरानो विषयमा विवाद भयो। त्यसपछि गौरव र अमरिस पनि त्यहाँ पुगे। झगडा बढ्दै गएपछि गौरवले फोन गरेर केही साथीलाई बोलाए र अन्धाधुन्द गोली हानेर अमरिसको हत्या गरे।

घटनामा संलग्न गौरवसहित चार जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। तर आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। गत वर्ष सेप्टेम्बरमा पनि हाथरसमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad