राजनीति


बेलायती महामारी एलिजावेथ द्वितियका ९९ वर्षीय पति गम्भीर बिरामी

बेलायती महामारी एलिजावेथ द्वितियका ९९ वर्षीय पति गम्भीर बिरामी

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ०:८,

बेलायती राजकुमार फिलिप गम्भीर बिरामी परेका छन्। उनलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ।

बेलायती महामारी एलिजावेथ द्वितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई सातादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो। उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ।

फिलिपको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरूले जनाएका छन्।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो। ‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचार अगाडि बढाएका छन्,’ एक अधिकारीले भने। उनको मुटुमा संक्रमण देखिएको बताइएको छ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उतकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ वर्ष पुगेकी छन्। उनीहरु दुबैले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad