समाज


काठमाडौंबाट चितुवाको छाला र हड्डिसहित चारजना पक्राउ

काठमाडौंबाट चितुवाको छाला र हड्डिसहित चारजना पक्राउ

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १२:३५,

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको छाला र हड्डिसहित चार जनालाई पक्राउ गरेको छ।

वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा गएको सीआईबीको टोलीले बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको छाला तथा हड्डी (आखेटोपहार) अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–४ का वर्ष २४ को कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका–१ बस्ने वर्ष ३२ को लोकेन्द्र बहादुर मल्ल गोरखाको गोरखा नगरपालिका–२ बस्ने वर्ष २० को सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–५ बस्ने वर्ष १९ को सुजन बस्नेत रहेका छन्।

उनीहरुको साथबाट चितुवाको छाला थान–१, हड्डी थान–२ र दाँत थान–११ बरामद भएको छ।

साथै पक्राउ परेका मानिसहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको सीआईबीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .