समाज


शहीद गोविन्द गौतमको चौथो स्मृति दिवस

शहीद गोविन्द गौतमको चौथो स्मृति दिवस

नेपालखबर
फागुन २६, २०७७ बुधबार १४:५८,

मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको आज चौथो स्मृति दिवस मनाइएको छ।

दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताए।

कार्यक्रमा उनले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पुर्‍याउन आर्थिक सहयोग गर्दै आएको बताए। नगर प्रमुख थापाले शहीद गौतमका परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोग निरन्तररुपमा गरिने बताए। शहीद गौतमको स्मृतिमा उद्यान निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने उनको भनाइ थियो।

कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गरेका छन्।

‘हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौँ’, नगर प्रमुख थापाले भने, ‘अहिले भारतले नेपाली स्वामित्व भएको जमीन पनि कब्जा गरेको छ।’

सीमा क्षेत्रका जनतामाथिको भारतीय ज्यादति सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि केही कम भए पनि भारतसँगको सीमा क्षेत्रका विवाद यथावत रहेको उनले बताए। विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए।

बुवा खेमलाल र आमा हरिनादेवीका तीन सन्तानमध्ये गोविन्द माइला छोरा हुन्। कल्भर्ट राख्ने विषयमा विवाद हुदा भारतीय एसएसवीले गौतममाथि गोली प्रहार गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad