समाज


कर्णालीमा हामफालेका सुकी र तीन सन्तानको अन्त्येष्टि, एक अझै बेपत्ता

कर्णालीमा हामफालेका सुकी र तीन सन्तानको अन्त्येष्टि, एक अझै बेपत्ता

नेपालखबर
फागुन २६, २०७७ बुधबार १४:२३,

चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवाल र उनका तीन सन्तानको बुधबार अन्त्यष्टि गरिएको छ।

बुधबार पोष्टमार्टमपछि सुकी, उनका दुई छोरी र एक छोराको अन्त्येष्टि गरिएको उक्त वडाका वडाध्यक्ष प्रयाकबहादुर शाहीले बताए। एक छोरी भने अझै बेपत्ता छिन्। उनको खोजिका लागि सुरक्षाकर्मी र स्थानीय सक्रिय छन्।

नदीमा हामफालेकै दिन सोमबार १६ वर्षीया कल्पना र १२ वर्षीया सरिताको जालमा बेरिएको अवस्थामा शव फेला परेको थियो।

मंगलबार ३५ वर्षीया सुकी बडुवाल र उनका १० वर्षीय छोरा ललितको एउटै डोरीमा बाँधिएको अवस्थामा शव भेटिएको वडाध्यक्ष शाहीले बताए। ५ वर्षीया छोरी रजनी भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

सुकीका श्रीमान मानसिंह बडुवाल प्रहरीको नियन्त्रणमा छन्। उनकै कारण परिवार नै आत्महत्याको निर्णयमा पुगेको आशंका सहित प्रहरीले उनीसँग सोधीखोजी गरिरहेको छ।

मानसिंहले दैनिक रक्सी खाने र श्रीमती तथा छोरीहरुलाई कुटपिट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

सोमबार दिउँसो ४ बजेतिर खेतमा जाने भनेर हिँडेका सुकी र उनका चारछोराछोरीले कर्णालीमा हामफालेका थिए। श्रीमान भने जाँड खाएर घरमै सुतिरहेका थिए।

मानसिंहका चार दाजुभाइ मध्ये तीन जना भारतमा काम गर्न गएका छन्। उनी भने गत चैतमा भारतबाट फर्किएपछि घरमै बसेका थिए। रक्सी खाएर दैनिक झगडा गरेर बस्ने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad