समाज


झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
फागुन २९, २०७७ शनिबार १२:६,

सडक दुर्घटनामा परेर शनिबार झापामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको छुट्टाछुट्टै दुर्घटनामा परी मृत्यु भएको हो।

शनिबार अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नंको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक राजवंशी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि दैनिक सवारी दुर्घटनामा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad