उत्तर प्रदेशको गाजिवादमा १४ वर्षका मुस्लिम समुदायका किशोरमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले २ जनालाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ।
यो घटनाको भिडिओसमेत सार्वजनिक भएपछि प्रहरीलाई अभियुक्त पक्राउ गर्न सहज भएको थियो।
भिडिओमा किशोरमाथि मुक्का र लात्ता प्रहार गरेको देखिएको प्रहरीले बताएका छन्।
भारतमा मुस्लिम समुदायका मानिसहरुमाथि यसरी आक्रमणको घटना हुँदै आएका छन्।
मानव अधिकारवादी संस्थाहरुले त्यस्ता उग्रहिन्दुवादी समूहलाई सरकारले कारवाही गर्नुपर्ने बताउँदै आएका छन्।
स्थानीय प्रशासनले अभियुक्तमाथि कडा कारवाही हुने जनाएका छन्। बीबीसी
Thank you Ghaziabad Police. Truly commendable act. God bless you! https://t.co/7dwAKpOLuB
3
Shares

प्रतिक्रिया