समाज


रोयल मर्चेन्ट ठगी : अभियुक्तलाई १५ हजारदेखि ३ लाख ६० हजारसम्म धरौटी

रोयल मर्चेन्ट ठगी : अभियुक्तलाई १५ हजारदेखि ३ लाख ६० हजारसम्म धरौटी

नेपालखबर
चैत ३, २०७७ मंगलबार ६:१४,

रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको ठगीमा संलग्न अभियुक्तलाई विशेष अदालतले १५ हजारदेखि ३ लाख ६० हजार रुपैयाँसम्म धरौटीमा रिहा गरेको छ।

सोमबार विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको इजलासले थुनछेक बहसपछि यस्तो आदेश गरेको हो।

संचालक छविरमण अधिकारीसहित विभिन्न व्यक्तिहरु उपर सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरेको विषयमा ११ वटा आरोप पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन २५ गते विशेष अदालतमा दायर गरेको थियो।

अख्तियारले अभियुक्तमध्ये साविक रोयल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका संचालक मनोज कुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामालाई पक्राउ गरेको थियो।

नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान र थुनछेक बहसपछि उनीहरुलाई १५ हजारदेखि ३ लाख ६० हजारसम्म धरौटी माग गरीएको विशेष अदालतले जनाएको छ।

काठमाडौं भ्यूटावर निर्माणका ठेकेदार मनोज भेटवालसँग १ लाख ९० हजार रुपैयाँ धरौटी माग गरेको छ। अदालतले माग गरेको धरौटी बुझाएर भेटवाल छुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad