समाज


प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना हुँदा सेनाका जवानको मृत्यु

प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना हुँदा सेनाका जवानको मृत्यु

नेपालखबर
चैत ३, २०७७ मंगलबार ६:१२,

प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी फेवा तालमा खसेका नेपाली सेनाका जवानको मृत्यु भएको छ।

सोमबार सवा २ बजे भएको प्याराग्लाइडिङ दुर्घटनामा धादिङको निलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय राजाराम मगरको मृत्यु भएको हो।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार दुर्घटनामा परी घाइते भएका मगरको उपचारको क्रममा सैनीक अस्पताल रानीपौवामा साँझ मृत्यु भएको हो।

कालीजङ्ग गणमा कार्यरत जवान मगरको शव सैनिक अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

सेनाले पोखरामा प्याराग्लाइडिङको प्रशिक्षण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad