काठमाडौंस्थित बल्खुको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
हत्यापछि शव बोरामा प्याक गरेर फालेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार श्रीमान सन्तोष सापकोटाले ३३ वर्षीया श्रीमती सन्तोषी श्रेष्ठको हत्या गरी गएराति शव बोरामा प्याक गरी फालेका हुन्।
सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेका उनीहरुको घरचाहिँ मकवानपुर हो।
सन्तोषीको माइती जोरपाटी भएको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठको शव टिचिङ अस्पताल लगिएको छ। श्रीमान सन्तोष भने घटनापछि फरार भएका छन्।

प्रतिक्रिया