भारतको मेरठमा पर्ने शास्त्रीनगरस्थित एक होटलमा प्रेमी–प्रेमिकाले नै विष पिएका छन्। जसमध्ये युवतीको मृत्यु भइसकेको छ भने युवकको अवस्था गम्भीर छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सूचना पाउनासाथ प्रहरीले घटनास्थल पुगेर दुवैलाई अस्पताल भर्ना गराएको थियो। त्यस क्रममा केटीको मृत्यु भएको हो भने गम्भीर अवस्थामा रहेका केटाको उपचार जारी छ।
स्थानीयकाअनुसार सोनिपत निवासी सुल्तानका छोरा २१ वर्षीय मोनु सामी मरेठमा हजुरआमासँग बस्थे। त्यस क्रममा लिसाडी गेट जाकिर कलोनीकी २१ वर्षीया सुमाइलासँग उनको प्रेम सम्बन्ध भयो।
दुवै जना सोमबार घरबाट निस्केका थिए। साँझ ६ बजे शास्त्रीनगरस्थित पीभीएस मलनजिकको होटलमा उनीहरूले एउटा कोठा बुक गरेका थिए। जहाँ बसेर दुवैले विष पिए। यो जानकारी होटल कर्मचारीले प्रहरीलाई दिएका हुन्।
उनीहरू बसेको होटलको कोठामा अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै किसिमको सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ। उनीहरूले विष किन पिए भन्ने कुरा अहिलेसम्म खुलेको छैन।
लकडाउनमा फेसबुकबाट सुरु भएको थियो प्रेम
हरियाणाका मोनु र लिसाडी गेटकी युवतीबीच लकडाउनका बेला फेसबुकबाट प्रेम सुरु भएको थियो। त्यस क्रममा दुवैले सँगै मर्ने निर्णय गरेका हुन्। यस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस विषयमा प्रहरीले दुवैको परिवारसँग सम्पर्क गरिरहेको छ।
फरक फरक समुदायका उनीहरू एकअर्कासँग विवाह गर्न तयार भएका थिए। सोमबार दुवै जना भेट गर्न होटल पुगेका थिए। दुई जनाबीच के कुरा भयो, अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
भनिन्छ, दुईमध्ये एक जनाको परिवारले विवाह गर्ने विषयमा आपत्ति जनाएको थियो। यसको कारण के हो भन्ने विषयमा युवक होसमा आएपछि थाहा हुने अपेक्षा गरिएको छ। अमर उजालाबाट

प्रतिक्रिया