समाज


४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादको ‘बाँकी प्रक्रिया’मा नेपाली दूतावासले सहयोग गर्ने

४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादको ‘बाँकी प्रक्रिया’मा नेपाली दूतावासले सहयोग गर्ने

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:५,

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले विना कारण ४० वर्ष जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी प्रक्रियाका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।

राजदूत आचार्यले सोमबार ट्विट गर्दै तिम्सिना कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको बताएका छन्।

‘अनाहकको ४० वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ। उनको रिहाइमा धेरैको सहयोग छ, धन्यवाद छ’, ट्विटमा उनले भनेका छन्, ‘अगाडि पनि बाँकी प्रक्रियामा, नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले पनि आवश्यक सहयोग पुऱ्याउने नै छन् ।’

तर ट्विटरमा उनले त्यस्तो प्रक्रिया के हो भन्ने विषयमा केही खुलाएका छैनन्। यसअघि आफ्नो नागरिक अभियोगविनै ४० वर्ष जेलमा रहेको विषयमा बाहिर आउँदा समेत नेपाली निकायहरुले चासो साथ विषयलाई अघि नबढाएको भन्दै आलोचना हुँदै आएको थियो।

शनिबार कोलकाताको जेलबाट रिहा भएका तिम्सिना आइतबार इलामस्थित घरमा आइपुगेका थिए। चालिस वर्षदेखि भारतीय जेलमा उनलाई विना अभियोग राखिएको थियो।

यसैबीच कोलकाता उच्च अदालतले तिम्सिनाको परिवारले क्षतिपूर्ति लिन चाहे दिनु भन्ने फैसला सुनाएको छ। तिम्सिनाको जेल परेको र रिहा भएको विषय नेपाल तथा भारतीय सञ्चारमाध्यमहरुमा प्रमुख विषय बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad