समाज


दुई महिनादेखि बन्द काठमाडौं-कुलेखानी-हेटौँडा सडक आजबाट सञ्चालन

दुई महिनादेखि बन्द काठमाडौं-कुलेखानी-हेटौँडा सडक आजबाट सञ्चालन

नेपालखबर
चैत ११, २०७७ बुधबार ३:३,

मर्मतसम्भारका लागि दुई महिनासम्म बन्द गरिएको काठमाडौं-कुलेखानी–हेटौँडा सडक आजदेखि सञ्चालनमा आएको छ।

सडककोको प्रारम्भिक स्तरोन्नती र कतिपठ ठाउँमा डलान र कालोपत्रे गरेर आज (बुधबार) बिहानबाट यो सडक भएर गाडी गुड्न थालेका हुन्।

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा.सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले बताए।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड गरी ३४ करोड बजेट विनियोजन गरिएको थियो।

यो सडक मकवानपुरको हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सबैभन्दा छोटो वैकल्पिक छोटो मार्ग हो। सडक फराकिलो पारिए पनि कालोपत्रेको काम भने अझै नसकिएको भण्डारीले जानकारी दिए।

सडकको सुरक्षाको लागि किनारामा नाला निर्माण गरिएको छ। भीमफेदीदेखि कुलेखानीको हेभीचौरसम्म सडक खण्डलाई फराकिलो बनाउनुका साथै ढल र पर्खाल निर्माण गरिएको छ।

भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ। आगामी जेठ मसान्तभित्रै कालोपत्रेको पूरा हुने निर्माण कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad