समाज


‘तीन जिल्लामा डढेलो लाग्दा काठमाडौंको मौसम एक्कासि प्रतिकूल’

‘तीन जिल्लामा डढेलो लाग्दा काठमाडौंको मौसम एक्कासि प्रतिकूल’

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १२:२,

शुक्रबार बिहानदेखि दिउँसो १ बजेसम्म घाम लागिरहेकै थियो। तर त्यसपछि भने विस्तारै आकाश धुम्म हुनथाल्यो। दुई बजेपछि त तुँवालोले आकाश भरियो।

एकाएक तुँवालोले ढाक्दा मानिसहरुले आँखा पिरो भएको महशुस गरे। त्यतिमात्र होइन, त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा विमानहरु अवतरण नै गर्न सकेनन्।

kathmandu_airpollution_1.jpg

दिउँसो २ देखि ५ बजेसम्म यस्तो समस्या देखिए पनि अहिले भने भिजिबिलिटी बढेको विमानस्थलले जनाएको छ।

यस्तो छ कारण
विभिन्न तीन जिल्लामा लागेको डढेलोका कारण शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको मौसम धुम्म देखिएको थाहा भएको छ।

मौसम पूर्वानुमान विभागका जुनिएर मौसमविद् अमरकृष्ण दासीका अनुसार चितवन, पर्सा र मकवानपुरमा लागेको डढेलाका कारण काठमाडौंको मौसम धुम्म देखिएको हो।

kathmandu_airpollution_2.jpg

‘अहिले काठमाडौंमा अचानक बढी धुम्म भयो र भिजिबिलिटी पनि हजार मिटरमात्रै भयो’, दासीले नेपालखबरसँग भने, ‘काठमाडौं वरपरका तीन जिल्लामा डढेलो लागेका कारण यस्तो भएको हो। त्यसमा वातावरणमा भएको धूलो मिसिँदा काठमाडौं धुम्मिएको हो।’

उनका अनुसार तत्काल पानी पर्ने अवस्था नभएकाले मौसममा सुधार आउन केही समय लाग्नेछ। डढेलो कति उग्र छ र त्यो कहिले नियन्त्रणमा आउँछ भन्ने कुराले असर गर्ने उनले बताए।

kathmandu_airpollution_3.jpg

याे पनि -
त्रिभुवन विमानस्थलको आकाश खुल्यो, अब जहाज अवतरण गर्नसक्ने
भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त, जहाज अवतरण गर्न सकेनन्

kathmandu_airpollution_7.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad