समाज


१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुर आइपुग्यो

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुर आइपुग्यो

शैलेन्द्र महतो
चैत १४, २०७७ शनिबार ७:४३,

मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा टोली जनकपुरधाम आइपुगेको छ।

शुक्रबार भारत बिहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरुको लस्कर कल्याणेश्वर महादेवको दर्शन गर्दै आज (शनिबार)जनकपुरधाम आइपुगेको हो।

अहिले परिक्रमा यात्रीहरु जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदान, तरहुतिया गाछी मैदानमा बसेका छन्। अहिले उक्त दुबै स्थलमा सयौँको संख्यामा पाल, त्रिपाल झुण्ड्याएर बसेका छन्।

भोलि आइतबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेपछि विधिवत् रुपमा मिथिलाञ्चलको सबैभन्दा ठूलोे धार्मिक पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुनेछ।

No description available.

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो।

मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिएको थियो। १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन्।

विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ।

परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ। मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ।

No description available.

परिक्रमाको प्रारम्भबारे कतै उल्लेख नभए पनि विद्वान बरघार्टको एक अनुसन्धानका अनुसार १८औँ शताब्दिमा भारतको सीतामढीबाट आएका सन्त सीताराम दासले यो परम्पराको शुरुवात गरेका थिए। परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad