इबोला रोगको लागि बनेको औषधी प्रभावकारी देखिएको वैज्ञानिकहरुले बताएका छन्।
इबोला रोग चाँडै रोकथाम गर्न सकिने र उपचार योग्य हुने वैज्ञानिकहरुले बताएका हुन्।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा वैज्ञानिकले चार वटा औषधी इबोला रोग लागेका व्यक्तिमा परीक्षण गरेका थिए।
उक्त औषधीले काम गरेको र त्यसले ९० प्रतिशतसम्म इबोला लागेका मानिसको जीवन बचाउन संभव देखिएको वैज्ञानिकहरुले बताएका हुन्।
इन्स्टिच्युट अफ एलजी एन्ड इन्फेक्सियस डिजिजे एनआइएआइडीको सहप्रायोजनमा उक्त परीक्षण गरिएको थियो।
एनआइएआइडीले परीक्षणले साह्रै राम्रो समाचार दिएको जनाएको छ। बीबीसीका अनुसार कंगोमा वितेका वर्षमा इबोला रोगका कारण १८ सय मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया