बिहान भिसा नदिएर फर्काइएपछि सन्दीपले सामाजिक सञ्जालमा आफूले सम्पूर्ण कागजातहरु पुर्याएपनि भिसा नदिएको भन्दै गुनासो पोखेका थिए। त्यसले दूतावासको चर्को आलोचना भएपछि रिभ्युका लागि दिउँसो दूतावासले सन्दीपलाई पुन: बोलाएको थियो।
रिभ्यू गर्दै सन्दीपलाई भिसा दिएको उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले बताए। 'अमेरिकाले रिभ्युका लागि दिउँसो बोलाउँदै भिसा दिने भएको छ,' सिवाकोटीले नेपालखबरसँग भने। सन्दीपले पनि ट्वीटरमार्फत सबै इस्युहरु समाधान भएको भन्दै सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुने यस सिजनको क्यारिबियन प्रिमियर लिग(सीपीएल)खेल्न अमेरिका ट्रान्जिट पर्ने भएकाले सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए। तर मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपको भिसा भने अस्वीकार गरियो।
बिहान अमेरिकाले भिसा नदिएपछि सन्दीपले ट्वीटमा लेखेका छन्, 'आउँदो क्यारिबियन प्रिमियर लिग(सीपीएल)-२०१९ का लागि आज(मंगलबार) म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे।'
'म नि: शब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए,' उनले थपेका छन्, 'मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ।'
सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई मेन्सन गरेका थिए।

सीपीएलमा सन्दीप यस सिजनमा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा छन्।
क्यारिबियन प्रिमियर लिगको अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट खेलेका थिए। जसमा ५ खेल खेल्दै सन्दीपले ७ विकेट लिएका थिए।
यस सिजनका लागि भने उनलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। सन्दीपले इण्डियन प्रिमियर लिगसँगै, ग्लोबल टि-२० क्यानडा, अष्ट्रेलियाको बिगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र अफगानिस्तान प्रिमियर लिग लगायतका विदेशी लिगहरु खेलिसकेका छन्।
सीपीएलको यस सिजनमा सन्दीपको टोली

प्रतिक्रिया