महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन्।
स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान बेपत्ता भएको स्थानीयले बताएका छन्।
बालिकाहरु सम्पर्कविहीन भएपछि जम्मा भएका स्थानीय।
उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर संजिव साहले बताए।
साँझ ढिलासम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका हुन्।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए।
3
Shares

प्रतिक्रिया