साइख थरका २३ वर्षका व्यक्तिले मजदुर निरज जैसवालको हत्या त गरे तर उनले पर्समा मात्र ७० रुपियाँ फेला पारेको टाइम्स नाउ न्युजले जाएको छ।
मुम्बई रेलवे प्रहरीका अनुसार अभियुक्त शिष्ट परिवारका मानिस हुन्। उनले यसअघि कुनै आपराधिक कार्यमा संलग्न नभएको बताइएको छ।
यद्यपी कोरोना प्रकोपपछि जागिर गुमाएपछि उनी आर्थिक समस्या थिए। त्यसकारण उनले बाध्य भएर हत्या र लुटपाट गरेको स्वीकारेका छन्।
सीसीटीभी फुटेजमा देखिएअनुसार साइखले जैसवालमाथि धेरैपटक चक्कु प्रहार गरेका थिए। ७० रुपियाँ र मोबाइल फोन लिएर उनी फरार भएका थिए।
अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो। साइखले हत्या गरेको स्वीकार गर्दै गर्भवती श्रीमतीको लागि खर्च जुटाउन नराम्रो काम गरेको बताएका छन्।
साइको श्रीमती यतिबेला सिओन अस्पतालमा भर्ना भएको र चाँडै उनले बच्चा जन्माउने बताइएको छ।

प्रतिक्रिया