समाज


कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड

कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड

नेपालखबर
चैत २५, २०७७ बुधबार १:४७,

भारतसहितका दक्षिण एसियाली केही देशमा कोरोना संक्रमण फेरि तीव्र बनेको छ। भारत, बंगलादेश र पाकिस्तानमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र गतिमा फैलिन थालेको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ। त्यहाँ एकैदिन एक लाख १५ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। कोरोनाबाट त्यहाँ हिजो ६ सय ३१ जनाले ज्यान गुमाएका छन्।

भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा द्रुत गतिमा फैलिएको छ। कोरोना संक्रमण तीव्र बनेपछि राजधानी नयाँ दिल्लीमा रातिकालिन कर्फ्यू लगाइएको छ।

पहिलो लहरको क्रममा गत सेप्टेम्बरमा भारतमा एकै दिन सबैभन्दा धेरै ९८ हजार जनामा संक्रमण देखिएको थियो । त्यसपछि निरन्तर घटेर संक्रमणदर दैनिक करिब नौ हजारमा झरेको थियो । बिगत एक महिनायता भारतमा संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेको हो।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई सातामा संक्रमण पुष्टि भएका केसमध्ये ६० प्रतिशत महाराष्ट्रमा छन् । आइतबार मात्र महाराष्ट्रमा ५७ हजारमा संक्रमण देखिएको थियो।

भारतमा अहिलेसम्म कोरोना संक्रमणको कारण एक लाख ६६ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका ओल्र्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ११ हजार ७ सय २८ जनाले ज्यान गुमाएका छन्। यस बीचमा विश्वभर पाँच लाख ७४ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad