बारामा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
चैत १५ गते दिउँसो बुहारीलाई आफ्नै कोठामा बलात्कार गरेको आरोपमा ४५ वर्षीय ससुरा पक्राउ परेका हुन्।
पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएकी थिइन्।
बुहारीको उजुरीपछि ती पुरुषलाई मंगलबार नै पक्राउ गरेको र बुधबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।
3
Shares

प्रतिक्रिया