अन्नपूर्ण हिमाल आरोहणमा पुगेको आरोही पूर्णिमा श्रेष्ठसहित टोली डोरी नपुगेर ७ हजार ४ मिटर उचाइबाट क्याम्प–४मा फर्किएको छ।
बुधबार राति अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने लक्ष्य भए पनि सफल हुन नसकेको हो।
श्रेष्ठसहितको टोलीलाई सेभेन समिट प्रालिले व्यवस्थापन गर्दै आएको छ।
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले पहिला हिउँ हुने ठाउँमा अहिले आईस हुँदा डोरी टांग्नुपरेको बताए।
‘माथि पहिला राम्रो रुट थियो। त्यहाँ हिउँ नै हिउँ हुन्थ्यो। डोरी टांग्नुपर्ने थिएन। माथि ७ हजार ४ सय मिटरमा पुगेपछि डोरी पुगेन’, शेर्पाले नेपालखबरसँग भने।
पहिला हिउँ हुने ठाउँमा अहिले आईस जमेको उनले जानकारी दिए।
शेर्पाका अनुसार डोरी नपुगेर फर्किएको पूर्णिमासहितको टोली अहिले क्याम्प–४ मा झरेको छ।
डोरी नपुगेपछि हेलिकप्टरबाट अहिले डोरी पठाइसकेको उनले जानकारी दिए।
अपुग भएको डोरी क्याम्प ३ मा पुगेको छ। साँझसम्म क्याम्प ४ मा डोरी पुगेपछि आरोहीहरु पुनः अघि बढ्नेछन्।
क्याम्प–४ बाट आज राति फेरि अन्नपूर्ण हिमालको शिखरमा पुग्ने प्रयास टोलीले गर्ने शेर्पाको भनाइ छ।

प्रतिक्रिया