सरकारले परिमाणात्मक रुपमा खुलाएको केराउ, छोकडा, मरिच र सुपारीको कोटा वितरण स्थगित गरेको छ।
कोटा वितरण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष्ण विभागले कोटा पूरा भएपछि स्थगित गरेको सूचनामार्फत जनाएको छ।
०७६ चैतदेखि आयातमा प्रतिबन्ध लगाइएका यी वस्तु ०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै परिमाणात्मक रुपमा खुलाइएको थियो।
राजपत्रअनुसार केराउ ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न पाइने, सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी पुनः खुल्ला गरिएको थियो।
त्यस्तै, नधुल्याइएको मरिच वार्षिक १५ हजार मेट्रिक टन आयात गर्न पाउने गरी चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरिएको थियो।
तर कोटा पूरा भएकाले अहिलेलाई स्थगित गरिएको सूचनामा जनाइएको छ।
3
Shares

प्रतिक्रिया