समाज


तेस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु

तेस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १२:४१,

नेपाली सेनाले पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणहरुबारे सुसूचित गर्ने उद्देश्यले सैनिक आचारसंहिता सप्ताह सुरु गरेको छ।

सप्ताहको आज एक समारोहबीच बलाधिकृत रथी प्रभुराम शर्माले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा उद्घाटन गरे।

अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह सुरु गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उक्त कार्यक्रममा बलाधिकृत शर्माले सम्बोधन गर्दै गौरवशाली इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, बफादारिता र पेशागत दक्षतालाई अक्षुणा राख्दै नेपाली जनताको विश्वासको केन्द्रविन्दु बन्‍न सफल भएको बताए।

उनले संविधान प्रदत्त जिम्मेवारीलाई निःसंकोच वहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान्, चरित्रवान्, पेशेवर, ऊर्जाशील बनाउन अपरिहार्य रहेको प्रष्ट्याए। बलाधिकृत शर्माले सकलदर्जाले आफ्नो आचरण मर्यादित र नैतिकवान् बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा मानवीय आचरण तथा मूल्य मान्यता सम्बन्धमा महन्त श्री १०८ स्वामी पुषोत्तम महाराजले समेत प्रवचन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad