शवयात्राको दौरान ड्युक अफ एडिनबरा प्रिन्स फिलिपको शवगाडीलाई उनका छोराछोरी तथा नातिनातिना पछ्याउँनेछन्।
बकिंघम प्यालेसले एक बयानमा महारानी एलिजाबेथले अन्तिम संस्कारमा धेरै जनालाई अटाउन नसकेकाले दुख लागेको बताएकी छिन्।
पहिले अन्त्येष्टीमा ८ सय जना सहभागी हुने तयारी थियो तर कोरोना भाइरसको प्रतिबन्धका कारण अब मात्र ३० जना सहभागी हुनेछन्।
फिलिपको अन्त्येष्टीमा बेलायती प्रधानमन्त्रीसमेत जाने छैनन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार राजकुमारको परिवार र नजिकका मानिसलाई स्थान दिनका लागि बोरिस जोन्सन अन्तिम संस्कारमा नजाने भएका हुन्।
गत शुक्रवार ९९ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधन भएको थियो। एजेन्सी

प्रतिक्रिया