आज (शनिबार) तेस्रो दिन पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी आउने सम्भावना रहेको मौमसविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोपछि देशका पहाडी भेगका केही र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना छ।
यस्तै राति पनि पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना छ।
यसअघि बिहीबार र शुक्रबार पनि काठमाडौं उपत्यकासहित देशभर हावाहुरी चलेको थियो।
मौमसविद्का अनुसार गत बिहीबारदेखि देशभर प्रि–मनसुन सक्रिय भएको हो। यो सिजनमा मेघगर्जन, हावाहुरीसहित वर्षा हुने गर्छ भने खासगरी साँझपख हुने सम्भावना हुन्छ।

प्रतिक्रिया