अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा सम्पर्कविहीन ३ रुसी नागरिक भेटिएका छन्।
स्थानीय एजेन्सी सेभेन समिटले तीनै जना सम्पर्कमा आएको जानकारी दिएको छ।
सेभेन समिटका बोर्ड डिरेक्टर छाङ डावा शेर्पाले २ जनाको उद्धार भइसकेको र एक जनाको उद्धार भइरहेको जानकारी दिए।
‘अन्नपूर्ण समिट गरेर फर्किने बेलामा उहाँहरुले थकाइको कारण एकछिन आराम गरेर तल झर्छौँ भनेका थिए’, शेर्पाले भने, ‘पछि मौसम बिग्रिँदा उहाँहरु सम्पर्कविहीन हुनुभएको थियो।’
उनले साँझसम्म सबै जना काठमाडौं आइपुग्ने जानकारी दिए।

प्रतिक्रिया