समाज


महाराष्ट्र: अक्सिजन अवरुद्ध हुँदा एकैसाथ मृत्यु भएका २२ जनाका परिवारलाई जनही ५ लाख दिने घोषणा

महाराष्ट्र: अक्सिजन अवरुद्ध हुँदा एकैसाथ मृत्यु भएका २२ जनाका परिवारलाई जनही ५ लाख दिने घोषणा

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १३:३४,

भारतको महाराष्ट्र राज्यमा पर्ने नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा बुधबार एक्कासि अक्सिजन आपूर्ति बन्द हुँदा मृत्यु भएका २२ जनाका परिवारलाई त्यहाँको राज्य सरकारले जनही ५ लाख रुपैयाँ (भारु) राहत दिने घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरे नेतृत्वको सरकारले घटनाको गम्भीर ढुंगले अनुसन्धान गर्न आदेश दिनाका साथै मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको हो।

बुधबार जाकिर हुसैन अस्पतालको ट्यांकरमा अक्सिजन लिक (चुहावट) भएको थियो। त्यस क्रममा अक्सिजन आपूर्ति बन्द गर्दा भेन्टिलेटरमा रहेका २२ बिरामीले अक्सिजन पाएनन् र मृत्यु भयो।

अक्सिजन झन्डै आधा घण्टासम्म अक्सिजन अवरुद्ध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad