समाज


नक्कली नोटसहित तीन पक्राउ

नक्कली नोटसहित तीन पक्राउ

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १५:३९,

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली (जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए।

पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट रु एक हजार दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad