चिनिया खोपको पहिलो डोज लगाउने क्रम आज पनि जारी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा आजबाट चिनिया खोप भेरोसिलको पहिलो डोज लगाउने केन्द्रसमेत तोकेको छ।
आजबाट प्रसुतिगृह थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा भेरोसिलको पहिलो डोज लगाउने लगाउन सकिने छ।
यस अघि आइतबार भेरोसिलको पहिलो डोज सिभिल अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा लगाइएको थियो।
वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन सकिने मन्त्रालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया