नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि अहिले स्वाब संकलन गरिँदै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा स्वाब संकल गर्न सुरु गरिएको छ।
केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी, नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको स्वाब लिन लागिएको हो।
कांग्रेसको आजका लागि तय गरिएको केन्द्रीय समितिको बैठक स्वाब परीक्षणपछि गर्ने गरि हिजो बसेको पदाधिकारी बैठकले स्थगित गरेको थियो।
देशभर कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बस्नुअघि कोरोना परीक्षण गर्ने र त्यसमा नेगेटिभ रिपोर्ट आएकोहरुमात्र बैठकमा सहभागी हुने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
कांग्रेसको १४ औं महाधिवेशनको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भएको छैन।
यही १५ गतेभित्र सो विवादको समाधान गरेर महाधिवेशन कार्यतालिका बनाउने र समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेर अघि बढ्ने नेताहरु बताउँछन्।

प्रतिक्रिया