मंगलवार दिउँसो बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ।
दुर्घटनामा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलका ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएको वडा सदस्य कृष्णसिंह भण्डारीले जानकारी दिए।
चट्याङ्ग लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर जिल्ला सदरमुकाम आइरहेको से १ ज १८३ नम्बर जिप दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्बरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक २४ वर्षीय तेजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
उनका अनुसार जिप चालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक चालक दशरथचन्द नगरपालिकाका हुन् भने अन्य सबै रोडीदेवलका हुन्।
दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्। घाइते हुने सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन्।
जिप सडकबाट करीब ५ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया