बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापन गरेको छ।
उपमहानगरले होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल उपलब्ध गराउन आइसोलेसन स्थापना गरेको हो।
उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले १०० वटा सिलिन्डर सहितको अक्सिजन बैंक स्थापना भएको बताए।
‘आज त करिब ६० वटा सिलिन्डर सहित स्थापना गरेका छौं,’ रेग्मीले भने ‘अबको १÷२ दिनमा कम्तीमा १०० वटा सिलिन्डर बैंकमा हुने छन्।’
पहुँच नभएकालाई स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्याउने गरी बुटवल उपमहानगरपालिकामा अक्सिजन बैंक सेवा शुभारम्भ भएको रेग्मीले बताए। वुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले एक समारोहबीच उक्त सेवाको शुभारम्भ गराएका हुन्।
रेग्मीका अनुसार उपमहानगर भित्र आइसोलेनमा बसेकालाई अक्सिजन आवश्यक भए एम्बुलेन्सले अक्सिजन बोकेर सम्बन्धित ठाउँमा जाने छ।
कोभिड विरामीलाई अक्सिजन बाहेक अरु सेवा चाहिले लुम्बिनी प्रदेशिक हस्पिटलमा एम्बुलेन्सले नै ल्याउने व्यवस्था गरिएको जानकारी दिए।

प्रतिक्रिया