भक्तपुरमा एक युवकको शव फेला परेको छ।
शनिबार साँझ चागुँनारायण नगरपालिका ६ स्थित बालवन वालखोलमा करिव ३० वर्षीय युवकको शव फेला परेको हो।
शव कसको भन्ने पहिचान हुन नसकेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।
शव पोष्टमार्टमको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ।
प्रहरीले शव पहिचानका लागि हुलिया सार्वजनिक गर्दै आग्रह गरेको छ।
गहुँगोरो बर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरिर भएको, दाहिने हातको बुढी औला र चोरी औलाको बिचमा ॐ लेखिएको ट्याटु, बाँया खुट्टाको पिडौलादेखि बाँया खुट्टाको कान्छी औला सम्म पुरानो खत रहेको, छोटो कपाल दाह्री पालेको, अन्दाजी ३० बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया