समाज


कोरोना कहर: जो सँगै जन्मिए, सँगै जिए अनि सँगै गए!

कोरोना कहर: जो सँगै जन्मिए, सँगै जिए अनि सँगै गए!

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ६:९,

भारतको उत्तर प्रदेशमा पर्ने मेरठ निवासी ग्रेगरी रेमन्ड राफेललाई २३ अप्रिल, १९९७ एकदमै याद छ। जुन दिन उनकी पत्नी सोजा अस्पतालमा थिइन्। उनी डाक्टरबाट खुसीको खबर सुन्न आतुर थिए।

नभन्दै डाक्टर आएर उनलाई सुनाए– तपाईंलाई एकसाथ दुइटा छोरा प्राप्त भए। रेमन्डमा खुसीको सीमै भएन। उनले अत्यन्त हर्षित हुँदै दुई छोरा र पत्नीलाई अस्पतालबाट घर लगे। यसकारण अप्रिल २३ उनका लागि जीवनको सबैभन्दा खुसीको दिन बनेको थियो।

तर यसको ठीक २४ वर्षपछि अप्रिल २४ तारिखका दिन ती दुवै छोरा एकसाथ बिरामी मात्र परेनन्, यही मे १४ का दिन दुवैले एकसाथ संसार पनि छाडे।

रेमन्डका अनुसार उनका जुम्ल्याहा छोरा जोफ्रेड वर्गिज र राल्फ्रेड जोर्ज ग्रेगरीले हालै २४औं वार्षिकोत्सव मनाएका थिए। उनका अनुसार यी दुई सँगै जन्मिएका मात्र होइनन्, हरेक काम पनि सँगै गर्थे। एकसाथ सुत्थे, खान्थे, खेल्थे। अध्ययन पनि सँगै गरे, यतिसम्म कि दुवैले सँगै कम्प्युटर इन्जिनियरिङ पूरा गरे भने रोजगारी पनि एकै ठाउँ हैदरबादमा गरिरहेका थिए।

रेमन्डले भने, ‘अनि उनीहरू बिरामी पनि एकसाथ भए भने संसारबाट पनि सँगै बिदा भए।’

रेमन्डका अनुसार गएको अप्रिल २४ का दिन दुवै छोराको स्वास्थ्य एकाकए बिग्रियो। जँचाउँदा दुवैमा कोरोना संक्रमण पुष्टि भयो।

उनको मनभित्र ठूलो त्रास मडारिइरहेको थियो– यी दुईमध्ये एक जनाको ज्यान तलमाथि भयो भने अर्काको अवस्था के होला? उनको मनले भनिरहेको थियोे– एक जनालाई केही भयो भने अर्काे पनि बाँच्नेवाला छैन।

दुर्भाग्य ! नभन्दै जोफ्रेडको मृत्यु भयो। आफ्ना पतिले यो कुरा सुनाउनेबित्तिकै सोजाको मुखबाट निस्क्यो– अब राल्फ्रेड पनि बाँच्ने छैन! यसको केही घण्टापछि राल्फ्रेड पनि बितेको खबर आयो।

उनले भनिन्, ‘दुवै जनाले हैदरबादबाट कोरिया र जर्मनी जाने योजना बनाएका थिए। हे भगवान् ! मलाई यस्तो सजाय किन दिनुभयो!’ नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad