पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १८ सय ६३, भक्तपुरमा ३२३ र ललितपुरमा ४ सय २७ संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर भने ८ हजार ६ सय ३६ संक्रमित थपिएका छन् भने उक्त अवधिमा एक सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको छ।
यो अवधिमा ६ हजार ४ सय ४ जना निको भई घर फर्किएका छन्। नेपालमा संक्रमणबाट निको हुने दर ७६.६ प्रतिशत छ।

प्रतिक्रिया