समाज


श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

नेपालखबर
भदौ २, २०७६ सोमबार १४:४२,

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो। विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए। 

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन्। शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad