कला


मिस नेपाल अनुष्का राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडर नियुक्त

मिस नेपाल अनुष्का राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडर नियुक्त

नेपालखबर
भदौ २, २०७६ सोमबार १४:१०,

मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो। बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारण मा भएको बिगतको छविलाई यो सम्झौताले सकारत्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंक र यसले बनाएको कार्यक्रमले आफूलाई उत्साही बनाएको प्रतिक्रिया दिइन्। आफ्नो सहभागिताले जन मानसमा आर्थिक साक्षरता बित्तिय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वाश लिएको बताइन्।

सम्झौतापत्र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad