ad ad

समाज


वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने ‘विद्युत् नाक’

वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने ‘विद्युत् नाक’

नेपालखबर
जेठ २३, २०७८ आइतबार १०:३,

कोरोना परीक्षणका लागि इजरायलका वैज्ञानिकले नयाँ प्रविधि विकास गरेका छन्। अब ‘इलेक्ट्रिक नाक’बाट कोरोना भाइरस छ/छैन जाँच्न सकिनेछ।

वैज्ञानिकका अनुसार यो यन्त्र बिरामीको नाकमा सुँघाइन्छ र ८० सकेन्डमा नतिजा आउँछ। यो प्रविधिबाट ९४ प्रतिशतसम्म रिपोर्ट सही आउने दाबी वैज्ञानिकले गरेका छन्।

यसरी काम गर्छ ‘इलेक्ट्रिक नाक’ले
यो प्रविधि विकास गर्ने इराजयलको वाइजम्यान इन्स्टिच्युटका वैज्ञानिक भन्छन्, ‘यो थ्रि–डी प्रिन्टेड नोज हो। यसले कोरोना संक्रमण शंका गरिएका बिरामीको नाकमा घुसारिन्छ। जसले बिरामीको नाकमा रहेको रासायनिक गन्ध परीक्षण गर्छ र कोरोना छ कि छैन भनेर बताउँछ।’

अनुसन्धानकर्ताका अनुसार हरेक रोगको विशेष गन्ध हुन्छ, जसले शरीरको मेटाबलिक प्रक्रिया परिवर्तन गरिदिन्छ। यही सूत्रबाट यो नयाँ प्रविधि विकास गरिएको हो।

अनुसन्धानकर्ता प्राध्यापक नोएम सोबेलका अनुसार पेन–३ लाई यसरी बनाइएको छ, जसले नाकमा रहेका भाइरस

वैज्ञानिकका अनुसार यस प्रविधिलाई पेन–३ नाम दिइएको छ। विद्युत् नाक एउटा लामो ट्युब जोडेर बनाइएको हो। जसमा खास किसिमका सेन्सर लगाइएको छ, जसले नाकमा रहेको भाइरस पत्ता लगाउँछ।

यस प्रविधिद्वारा ५ सय ३ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा २७ जनामा कोरोना पोजिटिभ पाइयो। अनुसन्धानकर्ता प्राध्यापक नोएम सोबेल भन्छन्, ‘यो प्रविधिबाट त्यस्तो स्थानमा परीक्षण गर्न सकिन्छ, जहाँ जाँच्नेको धेरै भीड हुन्छ। साथै विमानस्थलहरूमा पनि यसको प्रयोग गर्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .