समाज


शनिबारसम्म धेरै स्थानमा वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

शनिबारसम्म धेरै स्थानमा वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ३:१८,

आज (बिहीबार) देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित सबैमा मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि त्यस्तै किसिमको वर्षा देशका धेरै स्थानमा जारी रहने सम्भावना छ।

शुक्रबार पनि दिउँसो तथा राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी शनिबार पनि देशका धेरै स्थानमा त्यस्तै खालको वर्षा हुने सम्भावना छ। राति भने प्रदेश १ का एक दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : ‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। स्थानअनुसार आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

नेपालमा मनसुन (वर्षा याम सुरु गराउने मौसमी प्रणाली) भित्रिनै लागेकाले वर्षा हुने क्रम बढ्दै गएको मौसमविद्ले बताएका छन्। पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। अब एक दुई दिनभित्रमै मनसुन पूर्ण रूपमा प्रवेश गर्ने अनुमान गरिएको छ।

यसपालि मनसुनी वर्षा औसतभन्दा अधिक हुने भएकाले मौसमविद्ले २ महिनाअघि नै सूचना जारी गरी बाढी, पहिरो, डुबानबाट सुरक्षा हुने उपायको तयारी गर्न सुझाव दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad